कलैयामा चापाकल सुक्न थालेपछि पानीको हाहाकार

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 181
पढ्न लाग्ने समय : 2 मिनेट

१३ बैशाख,बारा : कलैया उपमहानगर पालिका क्षेत्रमा पानीको हाहाकार भएको छ।
पानीको स्रोतहरु सुक्न थालेपछी कलैयामा पानीको हाहाकार हुन थालेको हो ।
पानीको मुख्य स्रोतको रुपमा रहेका चापाकलहरु सुक्न थालेपछि पानीको कलैया र आसपासका क्षेत्रमा पानीको हाहाकार भएको हो ।
कलैया र आसपासका क्षेत्रमा
पानीको स्रोत सुकेर चापाकलहरुमा पानी आउन छाडेपछि पानीको हाहाकार भएको हो। कलैयाको देबिगन्ज,बरेवा,रङ्गपुर,बलिरामपुर,छोटकिफुलवरिया,मटिअर्वा, बसतपुर लगायतको ठाउँमा पानीको अभाव हुँदा जनजीवन प्रभावित भएको छ ।
पानीको अभाव भएका कारण त्यस क्षेत्रका मानिसहरुलाई पानी पिउन र अन्य कामगर्न समस्या भएको छ । स्थानीयले पानीको खपत कम गर्ने उपायहरु अपनाउन थालेका छन । पानीको अभावकै कारण दैनिक तीन देखि चारवटा तरकारी भान्सामा पकाउँदै आएको अहिले आधा मात्रै पाक्ने गरेको कलैया उपमहानगरपालिका-७ कि गृहिणी वीणा देवी पाण्डेयले जानकारी गराईन ।
कलैया नगर पालिका क्षेत्रमा पानीको अभाव हुन थालेपछि पालिकाको कार्यालयले टोलटोलमा खानेपानी बोरिङ जडान गरेर पानी वितरण गर्न थालेको छ ।
तर एकै ठाउँमा पानी भर्दा भिडभाड हुने भएको ले उक्त बोरिङ बाट ठाउँ ठाउँमा पाईप मार्फत धाराको व्यवस्था गरेर पानी वितरण केही सहज बनाउने तैयारी रहेको कलैया नगर पालिका वार्ड नम्बर ८ का वडाध्यक्ष रन्जित चैरासियाले जानकारी गराए ।
नेपाल खानेपानी सस्थान , केही गैरसरकारी संस्थाले बस्तपुर,बलिरामपुर,खपरतता लगाएत विभिन्न ठाउँमा खानेपानीको टयाँकी निर्माण गरेपनि त्यसलाई संचालन गर्न जनप्रतिनिधिले चासो नदिएको माओवादीका नेता मुकेश साहले आरोप लगाए ।
आफू सम्बन्धित निकाएमा यसको लागि पहल र खबरदारी जारी राखेको साहले बताए ।
सुखायाममा प्रत्येक वर्ष बारामा भुमिगत जलको स्रोत तल गएर चापाकल सुकेपछि पानी को समस्य हुँदै आएको छ ।
घर र गाउँको अधिकाँस चापाकलको पानी सुकेको छ । टोलमा नगर पालिकाले गाडेको बोएइङ्गमा पानी ल्याउन धेरै टाढा जानुपर्दा समय धेरै लाग्ने गरेको कलैया १२ का रामबिनय साहले बताए ।
पानीको अभावले कलैया ८ स्थित बिकाउ शर्मा घर नजिकै कलैया नगरपालिकाले जडान गरेको बोरिङ बाट टोल तथा छिमेकी गाउँ खपरतता, दुर्गा चौक सम्मका स्थानीयले मोटर साइकल ,साइकल र अटोमा रिक्सामा पानी ओसार्ने गरेको स्थानीय गुडु पटेलले बताए ।
वनबिनास, चुरे दोहन,बालुवा गिटीको अवैध उत्खननले तराईको जिल्लामा पानीको स्रोत सुखदै गएको छ विज्ञहरुले वताएका छन ।