आज प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदै

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि छलफल सुरु गर्ने कार्यसूची तय गरिएको छ।
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री बालेन्द्र शाहले छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।
बैठकमा सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावहरू प्रस्तुत गरिनुका साथै नीति तथा कार्यक्रममाथि व्यापक छलफल हुने संसद् सचिवालयले जनाएको छ।
आजकै बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ पनि प्रधानमन्त्री बालेन्द्र शाहले दिने कार्यसूची रहेको छ।
सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच बहस चर्किने अपेक्षा गरिएको छ। संसद्मा उठ्ने प्रश्न र सुझावका आधारमा आगामी बजेट तथा सरकारी प्राथमिकताको दिशा थप स्पष्ट हुने विश्वास गरिएको छ

Leave a Comment