गुरुङलाई फेरि गृहको जिम्मेवारी, पुन विज्ञान मन्त्रालयमा जाने तयारी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, जेठ २६ — प्रधानमन्त्री बालेन्द्र शाह ले मन्त्रीपरिषद् पुनर्गठनको तयारीस्वरूप सांसद सुधन गुरुङ लाई गृहमन्त्री र स्वतन्त्र सांसद महावीर पुन लाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्तिका लागि सिफारिस गरेको स्रोतले जनाएको छ।
सिफारिसअनुसार नियुक्ति प्रक्रिया पूरा भएपछि नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ।
गुरुङ यसअघि पनि गृहमन्त्रीको जिम्मेवारीमा रहेका थिए। तर सम्पत्ति विवरणसम्बन्धी विवादपछि उनले पदबाट राजीनामा दिएका थिए। त्यसपछि सरकारद्वारा गठित छानबिन समितिले अध्ययन सम्पन्न गरी आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइसकेको बताइएको छ।
यता, महावीर पुन यसअघि अन्तरिम सरकारमा शिक्षामन्त्रीको भूमिकामा रहेका थिए। पछिल्लो निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका उनी अब विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नेतृत्वमा आउने तयारीमा छन्।
सरकारको यो कदमलाई मन्त्रिपरिषद् पुनर्संरचना तथा प्रशासनिक प्रभावकारिता बढाउने प्रयासका रूपमा हेरिएको छ।

Leave a Comment