गढीमाई मेलालाई भव्य बनाउन संघीय सरकारको पुर्ण सहयोग रहने खानेपानी मन्त्री यादवको प्रतिबद्धता

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 111
पढ्न लाग्ने समय : 2 मिनेट

३ कार्तिक, बारा: खानेपानी मन्त्री प्रदीप यादवले गढीमाईको पञ्चबर्षीय मेलालाई भव्य र सभ्य बनाउन सरकारले पुर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।

गढीमाई मन्दिरको अवलोकन तथा निरीक्षण पश्चात् आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री यादवले खानेपानी, ढल र शौचालय लगायतका पूर्वाधार निर्माण र तथा व्यवस्थापनमा आफूबाट कुनै पनि कमी नहुने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री यादवले विश्व प्रसिद्ध गढीमाई मेला सभ्य र भव्य रुपमा लगाउन सबैसँग आग्रह गरे ।

पाँच वर्षमा लाग्ने विश्व प्रसिद्ध गढीमाई मेलाको व्यवस्थापनको लागि संघीय सरकार लागि परेको छ,उनले भने ,‘शुद्ध खानेपानी, ढल व्यवस्थापन, चर्पी लगायतको व्यवस्थापनको लागि आफू लागि परेका छु ।

महागढीमाई नगरपालिकाका नगरप्रमुख लगायतका टोलीसँग संवाद गरी आवश्यक पर्ने खानेपानी, ढल, तथा चर्पी निर्माण गरिने छ । दातृ निकायहरु सँग समेत कुरा भइसकेको र केही समय भित्रै घुम्ती शौचालय उपलब्ध गराईने मन्त्री यादवले बताए ।’
बारा क्षेत्र नम्बर ४ का सांसद तथा पूर्व मन्त्री किसान श्रेष्ठले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा गढीमाई मेलालाई बलीको नाममा बदनाम गर्ने चलखेल भएको बताए ।

हाम्रो आस्था माथि प्रहार भएको छ उनले भने, ‘ हामीले मान्ने पर्व तथा संस्कृति माथि केही गैर सरकारी संस्थाहरु लागिपरेका छन् । डलर कमाउने नाउँमा आस्था र संस्कृति माथिको प्रहार सहय नहुने उनले बताए ।

महागढीमाई उपमहानगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले गढीमाई दर्शन गर्न कुनै शुल्क निर्धारण नगरिएको बताए ।

कसैले विशेष पूजा गर्न चाहेमा मात्रै पाँच सय रसिद कटाएर विशेष पूर्जा गर्न पाउने व्यवस्था गरिएको उनले जानकारी गराए ।

महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महागढीमाई नगरपालिकाका सबै वडाका वडाध्यक्ष, स्थानीय, पत्रकार, खानेपानी मन्त्रालयका निमित्त सचिव, डिजी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन विरेन्द्र प्रसाद यादवले गरेका थिए ।