काठमाडौं-११ असोज ।
एसिया कप क्रिकेटको सुपर फोर चरणको अन्तिम खेलमा श्रीलंकाले भारतलाई कडा चुनौती दिए पनि अन्ततः ४ रनले पराजित भएको छ । यससँगै श्रीलंका सुपर फोरमा जितविहीन रह्यो भने भारत अपराजित रहँदै फाइनलमा प्रवेश गरेको छ ।
पहिले ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ५ विकेट गुमाएर २०२ रनको विशाल योगफल खडा गर्यो । भारतका ओपनर अभिषेक शर्माले आक्रामक ब्याटिङ गर्दै ६१ रन बनाए भने तिलक वर्मा ४९ रनमा अविजित रहे । सन्जु सामसनले ३९ रन जोडे ।
बलिङतर्फ श्रीलंकाका महीश थिक्साना, दुश्मान्था चमीरा, वानिन्दु हसरंगा, दशुन शनका र चरिथ असलंकाले समान १–१ विकेट लिए ।
जवाफी ब्याटिङमा श्रीलंका १९६ रनमै सीमित रह्यो । कुसल परेराले ५८ रनको योगदान दिए भने पाथुम निसान्का र परेराले दोस्रो विकेटका लागि १२७ रनको उत्कृष्ट साझेदारी गरे । कप्तान दशुन शनका २२ रनमा अविजित रहे ।
भारतका हार्दिक पान्ड्या, अर्शदीप सिंह, हर्षित राना, कुलदीप यादव र वरुण चक्रवर्तीले समान १–१ विकेट हात पारे ।
यस जितसँगै भारत समूह चरणदेखि नै अपराजित रहँदै एसिया कपको फाइनलमा पुगेको छ । उपाधिका लागि आइतबार भारत र पाकिस्तानबीच रोमाञ्चक भिडन्त हुने छ ।



Leave a Reply