अमेरिकाविरुद्ध नेपाललाई २६३ रनको लक्ष्य

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

दुबई, ९ कात्तिक — आईसीसी विश्वकप लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकाविरुद्ध २६३ रनको लक्ष्य पाएको छ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा आइतबार भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ६२ रनको योगफल तयार गर्‍यो।

अमेरिकाको बलियो सुरुवात

अमेरिकाका ओपनर स्मित पटेलले उत्कृष्ट ब्याटिङ गर्दै १ सय बलमा ९ चौका सहित ७५ रन बनाए। उनी रन आउट हुन पुगे। त्यस्तै, साइतेजा मुक्कमल्लाले ४२ रन बनाए भने उनी सन्दीप लामिछानेको बलमा बोल्ड भए।

कप्तान मोनान्क पटेलले १० रन, आन्द्रेस घोषले ११ रन योगदान गरे। मिलिन्ड कुमार अन्तिमसम्म अविजित रहँदै टोलीको स्कोर २ सय ६२ रनसम्म पुर्‍याए।

नेपाली बलरहरूको प्रदर्शन

नेपालका लागि स्पिनर सन्दीप लामिछानेले २ विकेट लिए। सोमपाल कामी, आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले समान १–१ विकेट हात पारे।

अब नेपालले जितका लागि २६३ रनको लक्ष्य पछ्याउनेछ। यो जितले नेपाललाई लिग–२ को अंकतालिकामा बलियो स्थिति बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

Leave a comment