कार्तिक २४ बारा
बाराको गढीमाई नगरपालिकामा जेनजी युथ बारा (GenZ and Youth Bara) को नगर स्तरीय समिति गठन गरिएको छ।
आज जिल्ला संयोजक सम्राट उपाध्याय, सह–संयोजक अजय यादव र सचिव संघर्ष शर्मा को नेतृत्वमा नगर समिति गठन गरिएको हो।
समितिमा निर्वाचित पदाधिकारीहरूमा अध्यक्ष श्यामकिशेर यादव, उपाध्यक्ष आशिस कुमार चौरसिया, कोषाध्यक्ष धिरज साह, सचिव जयराम प्रसाद कुशवाहा, सह–सचिव रमेश प्रसाद गुप्ता रहेका छन।
यस्तै, समितिमा थप ४० जना विशेष सदस्यहरू समेत चयन गरिएको छ।
यससँगै गढीमाई नगरपालिकामा जेनजी युथ संगठनको सञ्जाल थप मजबुत बनाइएको जनाइएको छ।
जिल्ला संयोजक सम्राट उपाध्यायले नयाँ नेतृत्वले युवाहरूलाई संगठित गर्दै सामाजिक विकास, जनचेतना र सकारात्मक परिवर्तनका अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।



Leave a Reply