२०८२ मंसिर ८, काठमाडौं ।
पाकिस्तानको खैबर–पख्तुनख्वा प्रान्तको राजधानी पेशावरस्थित अर्धसैनिक बल फ्रन्टियर कोर (एफसी) को मुख्यालयमा सोमबार बिहान आतंकवादीहरूले गरेको आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्।
बीबीसीले उद्धृत गरेको विवरणअनुसार पाकिस्तानका गृहमन्त्री मोहेसिन नकवीले घटनामा तीन जनाको ज्यान गएको पुष्टि गरेका छन्। घना बस्ती रहेको क्षेत्रमा भएको आक्रमणपछि सुरक्षाकर्मीले गोलीगोलाको आवाज सुनेसँगै परिसर वरिपरि कडा निगरानी बढाएको छ।
आक्रमण कसले गरेको हो भन्ने बारेमा औपचारिक जानकारी बाहिर आएको छैन भने सुरक्षाबलले घटनास्थल नजिकै प्रहरी र एफसीको विशेष टोली परिचालन गरेर खोजतलास जारी राखेको जनाइएको छ।



Leave a Reply