रास्वपा पहिलो महाधिवेशन सुरु, नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्यो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

चितवन, ७ असार — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनको भरतपुरमा सुरु भएको छ। तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन सत्र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले सञ्चालन गरेका छन्।
महाधिवेशनमा पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन शाह, विभिन्न राजनीतिक दलका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, शुभेच्छुक तथा कार्यकर्ताहरूको सहभागिता रहेको छ।
महाधिवेशनले रास्वपाको नयाँ नेतृत्व चयन गर्नेछ। नेतृत्व चयनअघि पार्टीले विधान संशोधन गरिसकेको छ। संशोधित विधानअनुसार १९ पदाधिकारीसहित १५८ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन हुने बताइएको छ।
पार्टीको पहिलो महाधिवेशनलाई रास्वपाले संगठन विस्तार र आगामी राजनीतिक दिशाका लागि महत्वपूर्ण अवसरका रूपमा लिएको छ। तीन दिनसम्म चल्ने अधिवेशनमा नीति, नेतृत्व र सांगठनिक संरचनाबारे समेत छलफल हुने जनाइएको छ।

Leave a Comment