बारा, २४ असोज। बाराको जितपुरसिमरा उपमहानगरपालिका–१४ बेहरीमा घरपछाडि सरसफाइ गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय रामचन्द्र महतोकी ४५ वर्षीया श्रीमती सिरिया देवी महतो रहेकी छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शनिबार दिउँसो करिब १ः५० बजे घरपछाडि सरसफाइ गरिरहेका बेला नाङ्गो विद्युतीय तार छुँदा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएकी सिरिया देवीलाई उनका श्रीमान् रामचन्द्रले उपचारका लागि सिमरास्थित सिटी स्टार अस्पताल पुर्याएका थिए।
अस्पतालमा चिकित्सकले ईसीजी परीक्षण गरेपछि दिउँसो करिब २ बजे उनलाई मृत घोषणा गरेका थिए।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक विनोद राज खत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार पार्नुका साथै घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार मृतकको शव सिटी स्टार अस्पतालमै राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बारामा सरसफाइ गर्ने क्रममा करेन्ट लाग्दा ४५ वर्षीया महिलाको मृत्यु
Leave a Comment
Leave a Comment

