काठमाडौं, २४ असोज। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार दुवै पदको मतगणना एकैसाथ अघि बढाइएको हो। मतगणनाका लागि तीनवटा स्थान तोकिएको छ। प्रत्येक मतगणना स्थलमा उम्मेदवारका तर्फबाट एक–एक जना प्रतिनिधि रहने व्यवस्था गरिएको समितिले जनाएको छ।
यसअघि शुक्रबार राति सम्पन्न सभापति पदको मतगणनाबाट गगनकुमार थापा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भइसकेका छन्। उनले कुल ६ हजार ५८४ मत प्राप्त गर्दै प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गरेका हुन्।
सभापति पदका अर्का उम्मेदवार खड्गीले ३७५ मत प्राप्त गरेका थिए। उक्त पदको मतगणना काठमाडौंस्थित राष्ट्रिय सभागृहमा गरिएको थियो।
उपसभापति र महामन्त्री पदको मतपरिणाम सार्वजनिक भएपछि कांग्रेसको नयाँ नेतृत्वको थप तस्बिर स्पष्ट हुने अपेक्षा गरिएको छ।
कांग्रेस महाधिवेशन : सानेपामा उपसभापति र महामन्त्रीको मतगणना जारी
Leave a Comment
Leave a Comment

