सीमाबाट ल्याइने सामानमा भन्सार उठाउने निर्णय सर्वोच्चद्वारा स्थगित

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ — सर्वोच्च अदालत ले नेपाल–भारत सीमा नाकाबाट ल्याइने दैनिक उपभोग्य सामानमा लगाइएको भन्सार शुल्क तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगाना को संयुक्त इजलासले सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार उठाउने सरकारी निर्णयमा रोक लगाएको हो।
सीमा नाकाबाट व्यक्तिगत प्रयोगका लागि ल्याइने दैनिक उपभोग्य वस्तुमा कर लगाउने व्यवस्था नेपाल–भारत व्यापार सन्धिविपरीत भएको दाबी गर्दै अधिवक्ता अमितेश पण्डितसहितले सर्वोच्चमा रिट दायर गरेका थिए।
रिटमाथि प्रारम्भिक सुनुवाइपछि अदालतले सरकारलाई छलफलका लागि बोलाएको थियो। दुवै पक्षको बहस सुनेपछि शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय र भन्सार विभाग का नाममा अन्तरिम आदेश जारी गरिएको हो।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछि सीमा नाकामा कडाइ बढाइएको थियो। त्यसक्रममा सुरक्षाकर्मीले सर्वसाधारणबाट सामान नियन्त्रणमा लिएका तस्बिर र भिडियो सार्वजनिक भएपछि सरकारको निर्णयको व्यापक आलोचना भएको

Leave a Comment