रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण, सामान्य क्षति

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१९ फागुन २०८२, मंगलबार | काठमाडौं

साउदी अरबको राजधानी रियादमा रहेको अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ। को रक्षा मन्त्रालयले दूतावास भवनलाई लक्षित गरी दुई वटा ड्रोन प्रहार गरिएको पुष्टि गरेको हो।

दूतावासले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मार्फत जारी गरेको विज्ञप्तिमा आक्रमणका कारण सामान्य आगलागी भएको र भवनमा सीमित क्षति पुगेको जनाएको छ। घटनाको समयमा भवन खाली गरिएकाले मानवीय क्षति नभएको उल्लेख गरिएको छ।

समाचार संस्था का अनुसार आक्रमणपछि ठूलो विस्फोटको आवाज सुनिएको थियो भने घटनास्थल आसपास आकाशमा कालो धुवाँ देखिएको थियो। क्षतिको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

रियादस्थित अमेरिकी मिशनले जेद्दा, रियाद र धहरान क्षेत्रमा बसोबास गर्ने आफ्ना नागरिकलाई ‘घरमै सुरक्षित रहन’ आग्रह गरेको छ।

हालै र ले माथि गरेको आक्रमणपछि क्षेत्रीय तनाव चुलिएको छ। त्यसको प्रत्युत्तरस्वरूप इरानले खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डा तथा इजरायल लक्षित आक्रमणहरू जारी राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यसअघि सोमबार कुवेतस्थित अमेरिकी दूतावास आसपास पनि धुवाँ देखिएको घटनापछि त्यहाँका नागरिकलाई सतर्क रहन सूचित गरिएको थियो। मध्यपूर्व क्षेत्रमा जारी तनावका कारण विभिन्न स्थानमा सुरक्षा सतर्कता उच्च बनाइएको छ।

Leave a Comment