अमेरिकासँग दबाबमा सम्झौता नगर्ने भारतको चेतावनी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, कात्तिक ८ । भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलले अमेरिकासँग कुनै दबाबमा परेर व्यापार सम्झौता नगर्ने बताएका छन्।

जर्मनीमा आयोजित कार्यक्रममा उनले भारत र अमेरिकाबीच वार्ता चलिरहेको भए पनि हतारमा वा दबाबमा सम्झौता नहुने बताए। ‘हामी डेडलाइन वा शिरमा बन्दुक राखेर डिल गर्दैनौं,’ मन्त्री गोयलले स्पष्ट पारे।

उनका अनुसार भारत दीर्घकालीन हितलाई ध्यानमा राख्दै नयाँ बजारहरूको खोजीमा लागेको छ र आन्तरिक माग बलियो बनाउने तयारीमा छ। यसबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भारतबाट आयात हुने सामानमा थप २५ प्रतिशत कर वृद्धि गरेको बीबीसी हिन्दीले जनाएको छ।

Leave a Comment