काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री एवं वरिष्ठ नेता वालेन्द्र शाह आइतबार चितवन जाने भएका छन्। प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो काठमाडौं बाहिरको भ्रमण हुने जनाइएको छ।
रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार प्रधानमन्त्री शाह दिउँसो साढे १२ बजे भरतपुर पुग्ने कार्यक्रम रहेको छ। चितवन पुगेपछि उनले पार्टी सभापति रवि लामिछानेसहित शीर्ष नेताहरूसँग छलफल गर्ने बताइएको छ।
छलफलपछि प्रधानमन्त्री शाह महाधिवेशन उद्घाटनस्थल गेष्ट हाउस चौर पुग्नेछन्। त्यहाँ सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहले संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ।
महाधिवेशन उद्घाटन समारोहलाई प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ।
प्रधानमन्त्री बनेपछि पहिलो पटक उपत्यका बाहिर जाँदै शाह, चितवनमा घण्टी बजाएर रास्वपा महाधिवेशन उद्घाटन गर्ने
Leave a Comment
Leave a Comment






