रास्वपा केन्द्रीय सदस्यका लागि उम्मेदवारी शुल्क २१ हजार, प्रस्तावक र समर्थक अनिवार्य

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशनका लागि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन चाहनेहरूका लागि शुल्क र आवश्यक प्रक्रिया सार्वजनिक गरेको छ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गर्न २१ हजार रुपैयाँ शुल्क तोकिएको छ।
त्यस्तै, उम्मेदवारले आफ्नो पक्षमा १ जना प्रस्तावक र २१ जना समर्थक राख्नुपर्ने व्यवस्था गरिएको रास्वपाले जनाएको छ।
पार्टीको आन्तरिक निर्वाचन प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन उम्मेदवारीसम्बन्धी मापदण्ड तय गरिएको जनाइएको छ।

Leave a Comment