बारा ६ चैत्र-नेपाली काँग्रेस बारा निर्वाचन क्षेत्र नम्बर १ का सभापति बिजयशंकर यादवले नेपाली काँग्रेसका पार्टी सभापति गगन थापाको राजिनमा अस्वीकृत गर्न माँग गरेका छन ।
शुक्रवार एक विज्ञप्ती जारी गर्दै नेपाली काँग्रेसका पदाअधिकारी एवम सदस्यहरुलाई जारी बैठकबाट सभापति थापाको राजिनामा अस्वीकृत गर्ने पर्ने माँग समेत गरेका छन । अहिले देशको आवश्यकता पार्टि सभापति थापा भएको र नेपाली जनताले उनी माथि ठुलो भरोसा गरेको हुदा देशको कठिन अवस्थालाई सहज बनाउन र देशको निकासका लागि पनि उनको निकै आवश्यकता रहेको हुदा बैठकबाट सभापति थापाको राजिनामा अस्वीकृत गर्नुपर्ने धारणा विज्ञप्ती मार्फा सार्वजनिक गरेका हुन । एउटा युद्ध हार्दै सर्वत्र जान्छ भने साच्नु गलत हुन बताउदै क्षेत्रिय सभापति यादवले अर्को युद्ध जित्नका लागि रणनिती बनाई अगामी युद्ध जित्नका लागि सभापति थापाले शतिm संचित गरि नेपाली जनताको मन मस्तिकमा बस्नुपर्ने विज्ञप्ती मार्फत सुझाव दिएका हुन । नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठक शुक्रवार देखि पार्टिको केन्द्रिय कार्यालय सनेपामा बस्दै विभिन्न एजेन्डामा छलफल हुने भएको छ ।
नेपाली काँग्रेसका सभापति थापाको राजिनमा अस्वीकृत गर्न क्षेत्र नम्बर १ का सभापति बिजयशंकर यादवको माँग
Leave a Comment
Leave a Comment

