वीरगञ्ज, साउन २० — पर्सा प्रहरीले २०७ किलोग्राम गाँजासहित एक जना पिकअप चालकलाई पक्राउ गरेको छ।
जिल्लाको विन्दवासिनी गाउँपालिका–५ स्थित सडकखण्डमा विशेष सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा हेटौंडा उपमहानगरपालिका निवासी ४८ वर्षीय कृष्ण लामा पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनीभठ्ठाको संयुक्त टोलीले प्रदेश–३–०१–२४ च ५३८५ नम्बरको टाटा योद्धा पिकअप गाडी रोकी जाँच गर्दा सिमेन्टका बोराभित्र लुकाएर राखिएको २०७ किलोग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
बरामद गाँजासहित चालक लामा, पिकअप गाडी र अन्य प्रमाण नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
पर्सामा २०७ किलो गाँजासहित पिकअप चालक पक्राउ
Leave a Comment
Leave a Comment

