काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलविरुद्ध भइरहेको सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धानका लागि थप ३ दिनको म्याद थप गरिएको छ।
सम्पत्ति शुद्धिकरण विभागको मागअनुसार विशेष अदालतले पौडेललाई आजदेखि लागू हुने गरी थप ३ दिन अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो। विभागले यसअघि अनुसन्धानका लागि १५ दिनको म्याद माग गरेको थियो।
विशेष अदालतका उपरजिस्ट्रार एवं प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले म्याद थप गर्ने निर्णय गरेको हो।
विभागले पौडेलमाथि शेयर कारोबार र सम्पत्तिको स्रोतसँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेको जनाएको छ। बयान तथा अन्य आरोपीहरूसँग सम्बन्धित अनुसन्धान जारी रहेको विभागको भनाइ छ।
पौडेललाई गत असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो।
सम्पत्ति शुद्धिकरण अनुसन्धान : एमाले उपाध्यक्ष पौडेललाई थप ३ दिन हिरासतमा राख्न अनुमति
Leave a Comment
Leave a Comment






