जेनजी आन्दोलन छानबिन आयोगको म्याद २५ दिन थपियो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, २६ माघ २०८२ (सोमबार)
सरकारले जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगको कार्यकाल २५ दिनका लागि थप गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगलाई थप समय दिन आवश्यक ठहर गर्दै म्याद विस्तार गर्ने निर्णय गरेको हो। भदौ २३ र २४ गते भएका घटनाबारे निष्पक्ष र तथ्यपरक छानबिन पूरा गर्न समय अपुग भएको निष्कर्षसहित सरकार उक्त निर्णयमा पुगेको बताइएको छ।

बैठकपछि सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले आयोगले हालसम्म संकलन गरेका प्रमाण, बयान र विवरणलाई अन्तिम निष्कर्षमा पुर्‍याउन थप समय आवश्यक भएकाले २५ दिन म्याद थपिएको जानकारी दिए।

उनका अनुसार आयोगले आन्दोलनका क्रममा भएका गतिविधि, सुरक्षाकर्मीको भूमिका तथा घटनाबाट उत्पन्न परिस्थितिको समग्र मूल्यांकन गरी प्रतिवेदन सरकारलाई बुझाउनेछ। म्याद थपसँगै आयोगलाई छानबिनलाई अझ प्रभावकारी र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ।

सरकारले आयोगको प्रतिवेदनका आधारमा आवश्यक नीतिगत तथा कानुनी निर्णय लिने जनाएको छ।

Leave a Comment