७ चैत्र,बारा : शिक्षा बिकास तथा समन्वय इकाई बाराको कार्यालय प्रमुख श्यामकिशोर साहले मन्त्रालयको निर्देशनको बेवास्ता गर्दै नियम विपरीत शिक्षकको जिल्लान्तर सरुवा गरी फरार भएका छन ।
मोटो रकम नजराना बुझी कार्यालय बाहिर होटलमा बसि इकाई प्रमुख साह शिक्षकको सरुवा गरेका हुन । इकाई प्रमुख साहले रकम लिएर करिब ५४ जना शिक्षकको सरुवा गरेको नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनीले आरोप लगाउनु भयो ।
यसरी सरुवा गर्दा जिल्लामा रहेका अस्थायी करारका कर्मचारीको जागीर जाने भएकोले जिल्लान्तर सरुवा नगर्न आफुहरु पटक पटक प्रमुख साहलाई अनुरोधमा गरे पनि उनी हाम्रो सुनवाइ नगरेको अध्यक्ष सहनीले बताए ।
बितेको कार्तिक र चैत ५ गते शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले जिल्लानतर सरुवा रोकेको थियो ।
सरुवाको बिरोधमा मंगलबार जिल्लाका शिक्षक संघ सगठनहरुले समन्वय इकाई बारामा तालाबन्दी गरेका थिए ।
बारामा २१० जना करार र रिक्त दरबन्दीका शिक्षक कार्यरत रहेकोे छन । इकाई प्रमुख साहको मोबाइल नम्बर ९८५५०४५८३० मा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
शिक्षा समन्वय इकाई प्रमुख साह घुस खाएर फरार
