२८ जेठ,बारा: सुरक्षाकर्मीको मिलोमतोमा भारतबाट अवैध रुपमा भित्रीएको भारतीय फुल सहितको एउटा पिकअप आज बारामा पक्राउ परेको छ ।
सशस्त्र प्रहरी मुख्यालयको निर्देशनपछिआज अपरान्ह बाराको कोल्हबी नगरपालिक-८ मिलन चौकबाट पिकअप सहितको फुल बरामद गरिएको हो ।
बरामद गरिएको गाडी सहित फुल आवश्यक कार्बाहीकोलागी राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाईएको छ ।
बाराको बेलदारीको गुलरिया नाकाबाट सो फुल तस्करी गरि नेपाल ल्याइएको थियो ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा बेलदारी नाकाबाट तस्करी हुँदै आएको स्रोतले जनाएको छ ।
Leave a Reply