बाढी प्रभावित चार जिल्लामा नेपाल टेलिकमको फोन र डेटा निःशुल्क

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बाढीबाट प्रभावित चार जिल्लामा उद्धार, राहत तथा समन्वय कार्यलाई सहज बनाउन सरकारले नेपाल टेलिकमका फोन र डेटा सेवा निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ।
अर्थ मन्त्रालयका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका नागरिक तथा उद्धारमा खटिएका निकायबीच सञ्चार सम्पर्क सहज बनाउने उद्देश्यले नेपाल टेलिकमको सेवा निःशुल्क गरिएको हो।
बाढीका कारण कतिपय क्षेत्रमा सञ्चार तथा आवतजावत प्रभावित भइरहेका बेला उद्धार र राहत कार्यमा आवश्यक समन्वय गर्न निःशुल्क फोन तथा डेटा सेवाले सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसैबीच, सरकारले राहत, खोज तथा उद्धार कार्यमा परिचालन हुने निजी हेलिकप्टरका लागि अनुमति प्रक्रियासमेत सहज बनाएको छ। अर्थ मन्त्रालयका अनुसार उद्धार तथा राहतका लागि प्रयोग हुने निजी हेलिकप्टरलाई छुट्टै अनुमति लिन नपर्ने व्यवस्था मिलाइएको छ।
सरकारले विपद्बाट प्रभावित क्षेत्रमा तत्काल उद्धार, खोज तथा राहतलाई प्राथमिकता दिँदै आवश्यक स्रोत तथा साधन परिचालन गरिरहेको जनाएको छ।

Leave a Comment