कलैयामा दिउँसो चोरी, कोइरालाको घरबाट सुन–नगद गायब

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

कलैयामा दिउँसो चोरी, कोइरालाको घरबाट सुन–नगद गायब

कलैया, असोज १५ – बाराको कलैया नगरपालिका–५ मा दिउँसो खुलेआम चोरीको घटना भएको छ। सृजना कोइरालाको घरमा कोइराला काठमाडौं माइती गएका बेला कोही नभएको मौका पारी चोरले घरमा पसेर सुन, नगदसहित लत्ताकपडा चोरी गरेको पीडित कोइरालाले बताएकी छन्।

घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) संतोष तामाङ्गले जानकारी दिएका छन्।

स्थानीयवासीका अनुसार प्रहरी चाडपर्वको समयमा पैसा असुली कार्य  तीब्र पारे पछि  पछिल्ला दिनमा कलैयामा चोरीका घटनाहरू बढिरहेका छन्।

Leave a Comment