रूपन्देहीमा लक्ष्मी मूर्ति विसर्जनका क्रममा तीन युवाको डुबेर मृत्यु

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बुटवल — रूपन्देहीको गैंडहवा गाउँपालिका–६ सूर्यपुरास्थित सन्तेश्वर घाटमा लक्ष्मी मूर्ति विसर्जनका क्रममा खोलामा डुबेर तीन जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार बुधबार दिउँसो मूर्ति विसर्जनका क्रममा दानव र कञ्चन नदीको संगमस्थलमा तीन जना युवा बेपत्ता भएका थिए। पछि खोजीका क्रममा उनीहरू मृत अवस्थामा फेला परेका हुन्।

मृतकहरू मायादेवी गाउँपालिका–१ का १५ वर्षीय अजय हरिजन, १८ वर्षीय दीपु हरिजन र २५ वर्षीय रोहित हरिजन रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।

स्थानीयहरूका अनुसार विसर्जनको समयमा पानीको बहाव तीव्र भएकाले उनीहरू खोलामा बग्न पुगेका थिए। प्रहरी र स्थानीय बासिन्दाले संयुक्त रूपमा खोजी कार्य सञ्चालन गरेका थिए।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। यसैबीच, स्थानीय प्रशासनले धार्मिक गतिविधि गर्दा सावधानी अपनाउन आग्रह गरेको छ।

Leave a comment