काठमाडौं — जनआस्था साप्ताहिकका सम्पादक तथा पत्रकार किशोर श्रेष्ठलाई व्यक्तिगत गोपनीयता उल्लंघनसम्बन्धी कसुरमा पक्राउ गरिएपछि बिहीबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।
श्रेष्ठलाई अदालतबाट थुनामा राख्ने अनुमति लिन प्रहरीले हतकडी लगाएर अदालत पुर्याएको हो। उनलाई बुधबार राति उक्त कसुरको आरोपमा पक्राउ गरिएको थियो।
हाल श्रेष्ठलाई थुनामा राख्ने वा नपर्ने विषयमा अदालतमा बहस भइरहेको छ। सरकारी वकिल र श्रेष्ठका कानुन व्यवसायीको बहसपछि अदालतले उनलाई हिरासतमा राख्ने वा रिहा गर्ने सम्बन्धमा आदेश दिनेछ।
घटनाबारे थप कानुनी प्रक्रिया अदालतको आदेशपछि अघि बढ्नेछ।
पत्रकार किशोर श्रेष्ठलाई हतकडीसहित अदालतमा उपस्थित गराइयो
Leave a Comment
Leave a Comment

