मटिअर्वा सडकखण्ड अन्तर्गत अधुरो सडक छिटो सम्पन्न गर्न अभियान टोलीद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

कलैया, बारा — कात्तिक १८

बाराको कलैयास्थित मानवत मटिअर्वा सडकखण्ड अन्तर्गत करिब ३ किलोमिटर अधुरो सडक निर्माण कार्य छिटो छरितो ढंगले सम्पन्न गर्न माग गर्दै अभियान टोलीले आज प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मेन्द्र कुमार मिश्रलाई ज्ञापनपत्र बुझाएको छ।

अभियान टोलीका सदस्यहरूले कलैयामा पुगेर सडक निर्माणमा भइरहेको ढिलाइका कारण सर्वसाधारणले भोग्नुपरेको समस्या बारे प्रजिअ मिश्रलाई अवगत गराएका थिए। उनीहरूले विद्युत, खानेपानी, नेपाल टेलीकम, नगरपालिका तथा अन्य इन्टरनेट सेवा प्रदायक (ISP) निकायहरूसँग समन्वय गरी कुनै अवरोध बिना सडक निर्माण कार्य सम्पन्न गर्न पहल गर्न आग्रह गरेका छन्।

प्रमुख जिल्ला अधिकारी मिश्रले ज्ञापनपत्र ग्रहण गर्दै सडक निर्माण कार्यलाई शीघ्र गतिमा अघि बढाउन आवश्यक सुरक्षा व्यवस्था, समन्वय र सहजीकरणमा प्रशासनको पूर्ण सहयोग रहने आश्वासन दिएका छन्।

अभियान टोलीका सदस्यहरूका अनुसार सडक निर्माणमा ढिलाइका कारण स्थानिय बासिन्दा लामो समयदेखि समस्या झेलिरहेका छन्। उनीहरूले सम्बन्धित निकायबीच आपसी तालमेल र प्रशासनको सक्रियतामा छिट्टै सडक निर्माण सम्पन्न हुने आशा व्यक्त गरेका छन्।

Leave a comment