मधेशमा सरकार गठनविरुद्ध सातदलीय सांसदहरूको निरन्तर धर्ना मुख्यमन्त्री नियुक्ति विवादपछि प्रदेश राजनितिमा तनाब

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२७ कात्तिक २०८२, बिहीबार
जनकपुरधाम । मधेश प्रदेशमा सरकार गठनको विरोधमा सात दलका सांसदहरू आज पनि धर्नामा बसेका छन्।

प्रदेश सरकार गठनप्रति आपत्ति जनाउँदै नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका सांसदहरू मधेश भवन अगाडि धर्नामा बसेका हुन्।

संविधानको धारा १६८(३) अनुसार ठूलो दलको हैसियतमा नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री नियुक्त गरेपछि प्रदेशमा राजनीतिक तनाव चर्किएको हो।

मङ्गलबार साँझ मुख्यमन्त्री यादवले पदभार ग्रहण गर्न जाँदै गर्दा मधेश भवन बाहिर सातदलीय गठबन्धनका कार्यकर्ताले विरोध प्रदर्शन गरेका थिए। त्यस क्रममा प्रहरीले लाठीचार्ज गर्दा १७ जना प्रदर्शनकारी घाइते भएका थिए।

सो घटनापछि सातदलीय गठबन्धनले आन्दोलनलाई निरन्तरता दिने घोषणा गरेको छ।

यसबीच, मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई संघीय सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गरिसकेका छन्।

Leave a comment