सचिव कृष्णहरि पुष्कर अतिरिक्त समूहमा, सरकारले गर्‍यो जिम्मेवारी हेरफेर

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, जेठ २५ — सरकारले प्रशासनिक पुनर्संरचनाअन्तर्गत उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव कृष्णहरि पुष्करलाई अतिरिक्त समूहमा राखेको छ।
मन्त्रालय तथा निकायहरूको संरचनामा गरिएको फेरबदलसँगै पुष्करसहित ६ सचिवलाई अतिरिक्त समूहमा राखिएको हो। सरकारले मन्त्रालय संख्या घटाएपछि सचिवहरूको जिम्मेवारी पुनः व्यवस्थापन गर्ने क्रममा यो निर्णय गरिएको जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विभिन्न मन्त्रालय र निकायमा सचिवहरूको पदस्थापन तथा सरुवासमेत गरिएको छ। केही सचिवलाई नयाँ जिम्मेवारी दिइएको छ भने अतिरिक्त समूहमा रहेका सचिवहरूको जिम्मेवारीबारे पनि थप निर्णय हुने बताइएको छ।
सरकारको पछिल्लो निर्णयसँगै प्रशासनिक तहमा सचिवहरूको कार्यक्षेत्र पुनः निर्धारण गर्ने प्रक्रिया अघि बढेको छ।

Leave a Comment