नेपालबाट निर्मित पहिलो भोजपुरी टेलिसिरियल आउँदै

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 163
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं ।
नेपालमा पहिलोपटक नेपाली कलाकर्मीहरुद्वारा निर्मित भोजपुरी टेलिसिरियल ‘खेलाडी’ प्रसारण हुन लागेको छ । शनिबार काठमाडौंस्थित मधेश मिडिया हाउसमा पत्रकार सम्मेलन गरी मुखिया इन्टरटेनमेंट एण्ड मीडिया प्रालिको प्रस्तुतिमा निर्माण भएको भोजपुरी सीरिज ‘खेलाडी’को टिजर रिलीज गरिएको छ ।

निर्माण कम्पनी मुखिया इन्टरटेनमेंट एण्ड मीडिया प्रालिले ‘विकास र विस्तार हेरेर नै हामीले पनि भोजपुरी भाषामा केही गर्ने अठोट गरेका छौं । नेपालबाट भोजपुरी भाषामा गीत संगीत र फिल्महरूको निर्माण गरि त्यसलाई विश्वका भोजपुरी दर्शकमांझ पुर्याउने उद्देश्यले हाम्रो यो एउटा प्रयास हो । हास्य÷कमेडीलाई आधार बनाई यूट्यूब मार्फत आफ्नो पहिलो प्रस्तुति “खेलाडी”को रूपमा भिडिओको निर्माण कार्य भई रहेको छ ।’

यसमा चर्चित भोजपुरी संचारकर्मी प्रियंका पाण्डेय, वीरेन्द्र मुखिया, स्वनिका बास्तोलाको मुख्य भूमिका रहेको छ । यस अलावा यस सिरीजमा सरू बराल, रामभजन कामत, अरकाना खातून, गोबिंदा यादव, सेराज आलम, गंगालाल श्रेष्ठ लगायतको पनि अभिनय रहेको छ ।

यस सिरीजका लेखक÷निर्देशक शैलेस मानसिंह बस्नेत रहेका छन् भने यसको निर्माण बिरेन्द्र मुखिया, चांदनी देवी र पूर्णिमा कुमारीले गरेका छन् । यस सीरिजका गीतहरूलाई भोजपुरी साहित्यका वरिष्ठ लेखक÷गीतकार गोपाल अश्कले आफ्नो शब्द दिएका छन् भने आकाश ठाकुरको गायन तथा संगीत विनय कार्कीको रहेको छ ।

‘यो हास्य/कमेडी सीरिजलाई आजै देखि हाम्रो यूट्यूब च्यानल मुखिया इन्टरटेनमेंटमा प्रोमो÷टिजर रिलीज गरेका छौं । आउँदो २५ फेब्रुअरीको दिन यो सिरीज रिलीज हुने सहर्ष जानकारी गराउन चाहन्छौं’ विज्ञप्तिमा भनिएको छ ।