मुख्यसचिव अर्यालसँग जाँचबुझ आयोगले बयान लियो

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

४ मंसिर, काठमाडौं ।
जेनजी आन्दोलनको क्रममा भएको दमनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले मुख्यसचिव एकनारायण अर्यालसँग बयान लिएको छ।

आयोगका पदाधिकारीहरू सहभागी रहेको बैठकमै अर्यालसँग विस्तृत सोधपुछ गरिएको आयोग स्रोतले जनाएको छ।
स्रोतका अनुसार आयोगले विशेष रूपमा मंसिर २३ र २४ गतेका घटनामा सरकारको भूमिकाबारे प्रश्न सोध्यो। साथै २४ गतेपछि सिर्जित सरकारविहीन अवस्थाका बीच प्रशासन कसरी सञ्चालन भयो भन्ने विषयमा पनि केन्द्रित भएर बयान लिइएको बताइएको छ।

आयोगले बिहीबार नै अर्यालसँगको बयान प्रक्रिया सम्पन्न गरेको छ।
अर्याल केही दिनमै अवकाश हुँदै भएकाले अवकाशपछि बोलाउँदा सहुलियत दिएको सन्देश जाने भन्दै आयोगले उनलाई पदमै रहेका बेला बयानका लागि उपस्थित गराएको हो।

Leave a comment