काठमाडौँ — स्वर्णिम वाग्लेले विगतमा देशमा भएको आर्थिक दोहन र लुटतन्त्रको अवस्थाले आफू स्तब्ध भएको बताएका छन्। पुराना प्रतिवेदनहरूको अध्ययन गर्दा संस्थागत कब्जा र नीतिगत सेटिङमार्फत जनताविरुद्ध गम्भीर अनियमितता भएको उनले उल्लेख गरे।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो प्रवृत्तिको अन्त्य गर्न वर्तमान सरकार सक्रिय रूपमा लागिपरेको बताए। विगतका कमजोरी दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गर्दै उनले पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राखिएको स्पष्ट पारे।
“अर्थमन्त्रीको जिम्मेवारी सम्हालिसकेपछि मैले हेरेका रिपोर्टहरूले कहिलेकाहीँ झस्काउँछन्,” उनले भने, “व्यक्तिगत रूपमा चिनजान भएका मानिसहरू भए पनि जनताको हितविपरीत भएका कामहरू स्वीकार्य हुन सक्दैनन्।”
उनले अब देशमा हुने आर्थिक गतिविधिहरूलाई व्यवस्थित र जनउत्तरदायी बनाउने दिशामा सरकार अघि बढिरहेको पनि बताए।
विगतको लुटतन्त्र देख्दा स्तब्ध : अर्थमन्त्री वाग्ले
Leave a Comment
Leave a Comment

