मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा, ढुंगा पन्छाएपछि आवागमन सुरु

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

कात्तिक १४, २०८२, काठमाडौं ।
मुग्लिन–नारायणगढ सडकखण्ड पुनः सञ्चालनमा आएको छ । तुइन खोला पुल नजिक माथिबाट खसेका ढुंगा र माटो पन्छाएपछि उक्त सडकखण्डमा सवारीसाधन आवागमन सुरु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

ढुंगाहरू खस्दा केही समयका लागि सडकमा सवारी सञ्चालन पूर्ण रूपमा अवरुद्ध भएको थियो । तर, ढुंगाहरू झर्ने क्रम रोकिएपछि मेसिन प्रयोग गरी पहिरो हटाइएको र अहिले सडक खुला भएको जानकारी दिइएको हो ।

सडक डिभिजनले उक्त क्षेत्रमा अझै पनि पहिरो र ढुंगा खस्ने जोखिम कायमै रहेकोले अत्यावश्यक यात्रामात्र गर्न र सावधानीपूर्वक सवारी सञ्चालन गर्न आग्रह गरेको छ ।

तुइन खोला आसपासको भूभागलाई जोखिमयुक्त क्षेत्र मानिँदै आएको छ र वर्षा तथा भूकम्पीय गतिविधिपछि यस क्षेत्रमा पटक–पटक सडक अवरुद्ध हुने घटना दोहोरिँदै आएको छ ।

Leave a comment