बारा, माघ ८ — प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस केन्द्रीय निर्वाचन प्रचार–प्रसार कार्यक्रमअन्तर्गत नेपाल प्रेस युनियन बारा शाखाले जिल्लाका चारवटै प्रतिनिधिसभा क्षेत्र समेट्ने गरी निर्वाचन प्रचार–प्रसार समिति गठन गरेको छ।
नेपाल प्रेस युनियन बारा शाखाले जारी गरेको सूचनाअनुसार शाखा अध्यक्ष श्यामबाबु प्रसाद यादवको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिअन्तर्गत प्रतिनिधिसभा क्षेत्र नं. १ मा संजीव मिश्र, क्षेत्र नं. २ मा संदीप प्रसाद यादव, क्षेत्र नं. ३ मा जयनारायण प्रसाद यादव र क्षेत्र नं. ४ मा अनिल कुमार साहलाई क्षेत्रीय संयोजकको जिम्मेवारी तोकिएको छ।
क्षेत्रीय संयोजकहरूले आवश्यकताअनुसार सदस्य संख्या थप गर्न तथा जिल्ला तहबाट नाम सिफारिस गर्न सक्ने व्यवस्था गरिएको सूचनामा उल्लेख छ। समितिका पदाधिकारी तथा सदस्यहरूलाई तोकिएको जिम्मेवारीअनुसार सक्रिय र प्रभावकारी रूपमा निर्वाचन प्रचार–प्रसार कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ।
नेपाल प्रेस युनियन बारा शाखाले निर्वाचन कार्यक्रम सफल बनाउन सञ्चारकर्मी तथा सरोकारवालासँग आवश्यक सहकार्य र सहयोगका लागि अपिल गरेको जनाएको छ।

