काठमाडौं, १६ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजविरुद्धको खेलमा कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा काठमाडौं गोर्खाजका कप्तान करण केसीले टस जित्दै पहिले बलिङ गर्ने निर्णय गरेपछि कर्णालीले ब्याटिङको जिम्मेवारी पाएको हो।
कर्णाली याक्स यस खेलमा जित निकाल्दै प्रतियोगितामा लगातार तेस्रो जित हासिल गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ। यता काठमाडौं गोर्खाज भने आफ्नो दोस्रो खेलमा पहिलो जित दर्ता गर्ने प्रयासमा रहेको छ।

