बारा-२ मा रास्वपाका चन्दन कुमार सिंह निर्वाचित

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

कलैया, २४ फागुन २०८२ – बारा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चन्दन कुमार सिंह विजयी भएका छन्।

सिंहले आफ्नो मुख्य प्रतिद्वन्द्वी रामकिशोर यादव (जनता समाजवादी पार्टी) लाई पछि पार्दै ३५,५९० मत प्राप्त गरे। जसपा उम्मेदवार यादवले १४,१९६ मत, नेपाली कांग्रेसका भैयाराम यादवले ११,८३७ मत र नेकपा एमालेका बलबिर चौधरीले ७,२१३ मत पाएका छन्।

निर्वाचन अधिकृत किरण सिंह का अनुसार, बारा–२ मा कुल १,१३,८३९ मतदाता थिए र ७६,५२४ मत खसेका थिए। मतगणनाको क्रममा ३,७६३ मत अवैध ठहरिएका छन्।

यससँगै रास्वपाले बारा–२ मा आफ्नो पकड बलियो बनाएको छ।

Leave a Comment