काठमाडौं, ५ वैशाख । डोनाल्ड ट्रम्प ले इरानसँगको जारी तनावबीच कडा चेतावनी दिएका छन्। उनले आगामी बुधबार (अप्रिल २२) सम्म कुनै ठोस सम्झौता नभए इरानमाथि पुनः बमबारी हुन सक्ने संकेत गरेका हुन्।
पत्रकारसँग शनिबार कुराकानी गर्दै ट्रम्पले हालको युद्धविराम अवधि थप गर्ने सम्भावना कम रहेको बताए। “सायद म यसलाई अझै लम्ब्याउँदिनँ, नाकाबन्दी भने जारी रहनेछ,” उनले भने, “दुर्भाग्यवश फेरि आक्रमण सुरु गर्नुपर्ने अवस्था आउन सक्छ।”
यद्यपि पछिल्लो समय परिस्थितिमा केही सकारात्मक संकेत देखिएको उनले उल्लेख गरे। “मध्यपूर्वमा इरानसँगको अवस्था सुधारतर्फ उन्मुख देखिन्छ,” ट्रम्पले भने।
संयुक्त राज्य अमेरिका र इरान बीच भएको युद्धविराम सहमतिको म्याद बुधबार सकिन लागेकाले त्यसअघि कूटनीतिक पहल तीव्र बनेको छ। तर, यसैबीच पाकिस्तान मा भएको शान्ति वार्ता भने सफल हुन सकेको छैन, जसले क्षेत्रीय तनाव अझै कायम रहेको संकेत दिएको छ।
ट्रम्पको चेतावनी : बुधबारसम्म सम्झौता नभए इरानमा फेरि आक्रमण हुन सक्छ
Leave a Comment
Leave a Comment

