काठमाडौं, वैशाख १५ — अमेरिकामा आयोजित ह्वाइट हाउस संवाददाता डिनरका क्रममा भएको गोलीकाण्डमा संलग्न आरोपितलाई राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि हत्या प्रयासको अभियोग लगाइएको छ।
बीबीसीका अनुसार ३१ वर्षीय कोल टोमस एलेनलाई सोमबार वासिङ्टन डी.सी. स्थित अदालतमा उपस्थित गराइएको छ। उनीमाथि हत्या प्रयाससँगै हतियारसम्बन्धी थप दुई अभियोग समेत लगाइएको छ। तर अदालतमा उनले विस्तृत बयान दिन अस्वीकार गर्दै अधिकांश प्रश्नमा ‘हो’ वा ‘होइन’ मात्र जवाफ दिएका थिए।
अभियोग पुष्टि भएमा उनलाई आजीवन कारावास सजाय हुन सक्ने बताइएको छ।
घटना गत शनिबार राति भएको हो, जहाँ आयोजित उक्त डिनर कार्यक्रममा उच्चस्तरीय राजनीतिक नेतृत्व, क्याबिनेट सदस्यहरू तथा सयौँ पत्रकारको उपस्थिति थियो। सो क्रममा गोली चल्दा अमेरिकी गोप्य सेवा एक कर्मचारी घाइते भएका छन्।
आरोपितले आफू मेकानिकल इन्जिनियर, खेल विकासकर्ता तथा शिक्षक भएको दाबी गरेका छन्। उनी क्यालिफोर्नियाको टोरेन्स निवासी रहेको जनाइएको छ।
प्रत्येक वर्ष वासिङ्टन हिल्टन होटलमा आयोजना हुने उक्त डिनर कार्यक्रम अमेरिकी राजनीतिक तथा सञ्चार क्षेत्रको महत्वपूर्ण जमघटका रूपमा चिनिन्छ।
ह्वाइट हाउस संवाददाता डिनरमा गोलीकाण्ड : ट्रम्पमाथि हत्या प्रयासको आरोपमा युवक पक्राउ
Leave a Comment
Leave a Comment

