काठमाडौं, वैशाख २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा हुने तय गरिएको छ।
पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएअनुसार बैठकमा आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखाबारे मुख्य छलफल हुनेछ। पार्टीले उम्मेदवार चयन प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले स्पष्ट मापदण्ड तय गर्ने तयारी गरेको जनाएको छ।
बैठकमा महाधिवेशन कार्यविधि र संसदीय दलको विधान संशोधनका विषय पनि कार्यसूचीमा समावेश छन्। साथै समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल हुने जनाइएको छ।
बैठकमा सबै सचिवालय सदस्यलाई अनिवार्य रूपमा उपस्थित हुन पार्टी सभापति रवि लामिछाने ले निर्देशन दिएका छन्। रास्वपाले संगठन सुदृढीकरणसँगै आगामी निर्वाचनलाई लक्षित गर्दै आन्तरिक तयारी तीव्र बनाएको देखिएको
रास्वपाको सचिवालय बैठक आज, उम्मेदवार छनोटको खाका तय हुँदै
Leave a Comment
Leave a Comment

