काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले सशस्त्र प्रहरी बलको सुरक्षा बेस धनुषामा कार्यरत प्रहरी निरीक्षक वकिल अधिकारीविरुद्ध घूस प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार कमला–ढल्केबर–बागमती सडक निर्माण क्षेत्रमा माटो तथा ग्राभेल फिलिङमा प्रयोग हुने सवारीसाधन रोक्ने र काममा अवरोध सिर्जना गर्ने क्रममा सेवाग्राहीसँग ४० हजार रुपैयाँ घूस मागिएको थियो। सोही रकम लिइरहेको अवस्थामा अधिकारी पक्राउ परेका थिए।
घटनापछि अनुसन्धान पूरा गरी अख्तियारले बिगोअनुसार सजायको मागसहित विशेष अदालतमा अभियोग दर्ता गरेको जनाएको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारबाहीको माग गरिएको हो।
यसैबीच, घूससम्बन्धी अर्को मुद्दामा सरकारी साक्षीका रूपमा बयान दिँदा अदालतमा प्रतिकूल अभिव्यक्ति दिएको आरोपमा सुमित्राकुमारी पुडासैनीविरुद्ध पनि मुद्दा दायर गरिएको छ। उनीविरुद्ध ५० लाख रुपैयाँ बराबरको बिगो दाबी गरिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ।
घूस लिएको आरोपमा सशस्त्र प्रहरी निरीक्षक अदालतमा
Leave a Comment
Leave a Comment






