जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव ले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवको पक्षमा ६२ मत परेको छ भने विपक्षमा ३६ मत परेको थियो। मत परिणामसँगै यादव नेतृत्वको सरकारलाई प्रदेशसभाको समर्थन कायम रहेको स्पष्ट भएको छ।
जनमत पार्टीले गत वैशाख २१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपरेको हो।
यसअघि जेठ १ गते नै विश्वासको मतका लागि प्रदेशसभा बैठक बोलाइएको थियो। तर, नेपाली कांग्रेसभित्रकै असन्तुष्टि र केही सांसदले फ्लोर क्रस गर्न सक्ने आशंकापछि अन्तिम समयमा मतदान प्रक्रिया स्थगित गरिएको थियो।
राजनीतिक समीकरण फेरबदल भइरहेका बेला यादवले अन्ततः बहुमत जुटाउँदै सरकार जोगाउन सफल भएका हुन्।
मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत
Leave a Comment
Leave a Comment

