काठमाडौं । एसीसी प्रिमियर कपको तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले मलेसियासँगको पहिलो एकदिवसीय अभ्यास खेलमा पहिले बलिङ गरिरहेको छ।
मलेसियामा जारी खेलमा नेपालले टस जित्न सकेन र मलेसियाले पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपाली टोली फिल्डिङमा उत्रिएको हो।
प्रिमियर कपअघि तयारीलाई बलियो बनाउने उद्देश्यले नेपालले मलेसियासँग अभ्यास खेल खेलिरहेको हो। यसअघि नेपाली टोलीले भारतको बेंगलुरुमा १० दिनको प्रशिक्षण तथा अभ्यास गरेको थियो। त्यहाँ कर्नाटकको राज्यस्तरीय टोलीसँग खेलेका दुवै अभ्यास खेलमा नेपाल विजयी भएको थियो।
भारतमा तयारी पूरा गरेपछि नेपाली टोली त्यहाँबाटै मलेसिया पुगेको हो। आगामी एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा रहेको छ।
नेपालले प्रतियोगिताको समूह चरणमा अगस्ट ३१ मा बहराइनसँग पहिलो खेल खेल्नेछ। त्यसपछि आयोजक मलेसिया, साउदी अरेबिया र हङकङसँग प्रतिस्पर्धा गर्ने तालिका छ।
एसीसी प्रिमियर कपअघि मलेसियासँगको अभ्यास खेललाई नेपाली टोलीका लागि खेलाडीको लय, संयोजन र प्रतिस्पर्धात्मक तयारी परीक्षण गर्ने अवसरका रूपमा लिइएको छ।
मलेसियाविरुद्ध नेपालले पहिले बलिङ गर्दै
Leave a Comment
Leave a Comment

