संघीय संसद्को चालु अधिवेशन अन्त्य, शुक्रबार मध्यरातदेखि लागू

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, १५ असोज २०८३-राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन्।
सरकारको सिफारिसअनुसार राष्ट्रपति पौडेलले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेका हुन्।
यसअघि मन्त्रिपरिषद्ले शुक्रबार राति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णयपछि अधिवेशन अन्त्यका लागि राष्ट्रपति कार्यालयमा औपचारिक सिफारिस पठाइएको थियो।
संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन अन्त्य गर्न सक्ने व्यवस्था छ।
संघीय संसद्को यो अधिवेशन २०८३ वैशाख २८ गतेदेखि सुरु भएको थियो। अधिवेशन अन्त्य भएसँगै दुवै सदनको चालु बैठक तथा संसदीय कामकारबाही औपचारिक रूपमा रोकिएको छ।

Leave a Comment