दुर्गा प्रसाईंलाई थुनामा राख्नुको कारण ४८ घण्टाभित्र खुलाउन सर्वोच्चको आदेश

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, असोज १४-सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरी हिरासतमा राखिएको विषयमा प्रहरीसँग स्पष्टीकरण माग गरेको छ।
प्रसाईंको तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि बुधबार सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको इजलासले उनलाई थुनामा राख्नुपर्ने आधार र कारणसहितको लिखित जवाफ ४८ घण्टाभित्र अदालतमा पेस गर्न आदेश दिएको हो।
अदालतको आदेशसँगै प्रसाईंलाई पक्राउ तथा हिरासतमा राखिएको कानुनी आधारबारे प्रहरीले सर्वोच्चसमक्ष स्पष्ट विवरण बुझाउनुपर्ने भएको छ।
बन्दी प्रत्यक्षीकरण रिटमार्फत प्रसाईंका तर्फबाट उनको पक्राउ तथा थुनाको वैधानिकतामाथि प्रश्न उठाइएको थियो। सोही रिटको प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले प्रहरीसँग जवाफ मागेको हो।

Leave a Comment