भारतीय अभिनेता नाना पाटेकरको निधन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, असोज २२ । भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको खबर सार्वजनिक भएको छ।
गोवास्थित डोना पाउलाको निवासमा बेहोस अवस्थामा भेटिएका पाटेकरलाई तत्काल नजिकैको अस्पताल पुर्‍याइएको थियो। तर, उपचारका क्रममा बिहान ५ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जनाइएको छ।
समाचार एजेन्सी एएनआईका अनुसार पाटेकरलाई हृदयाघात भएको थियो। अस्पतालमा पुर्‍याएपछि चिकित्सकको टोलीले करिब ४५ मिनेटसम्म उनलाई बचाउने प्रयास गरे पनि सफल हुन नसकेको मणिपाल अस्पतालका क्यान्सर रोग विभाग प्रमुख डा. शेखर सालकरले बताएका छन्।
हिन्दी तथा मराठी चलचित्रमा लामो समयदेखि सक्रिय पाटेकर अभिनयका कारण भारतीय चलचित्र क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल थिए। उनले ‘परिंदा’, ‘क्रान्तिवीर’, ‘अब तक छप्पन’ र ‘वेलकम’ लगायत चर्चित चलचित्रमा प्रभावशाली भूमिका निर्वाह गरेका थिए।
अभिनयसँगै सामाजिक विषयमा स्पष्ट धारणा राख्ने कलाकारका रूपमा समेत परिचित पाटेकरको निधनले भारतीय चलचित्र क्षेत्रमा शोक छाएको छ।

Leave a Comment