काठमाडौं, २५ असोज। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतगणनामा उपसभापतितर्फ चन्द्रकान्त भण्डारी र महामन्त्रीतर्फ प्रदीप पौडेलले अग्रता कायम गरेका छन्।
आइतबार साँझ ६ बजेसम्म चार हजार एक सय मत गणना हुँदा दुवै उम्मेदवार जित नजिक देखिएका छन्। अब करिब तीन हजार मत गणना गर्न बाँकी रहेको छ।
उपसभापति र महामन्त्री पदका विभिन्न समूहका उम्मेदवारबीच प्रतिस्पर्धा जारी रहँदा खुला तथा समावेशी समूहका उम्मेदवारले प्राप्त गरेको मतमा उल्लेख्य अन्तर देखिएको छ।
उपसभापतिमा कसको कति मत?
उपसभापतिको खुलातर्फ चन्द्रकान्त भण्डारी दुई हजार ४५ मतसहित पहिलो स्थानमा छन्। उनका निकटतम प्रतिस्पर्धी मधु आचार्यले एक हजार २७८ मत प्राप्त गरेका छन्।
खुलातर्फ दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था रहेकाले दोस्रो स्थानका लागि प्रतिस्पर्धा जारी छ।
उपसभापतिको खुलातर्फका उम्मेदवारले प्राप्त गरेको मत यसप्रकार छ :
चन्द्रकान्त भण्डारी — २,०४५ मत
मधु आचार्य — १,२७८ मत
गोविन्द भट्टराई — १,०९१ मत
सुरेन्द्रराज पाण्डे — १,०६५ मत
धनराज गुरुङ — ९०८ मत
दीपक गिरी — ५७९ मत
प्रा. डा. चन्द्रमोहन यादव — ३३५ मत
समावेशी उपसभापतिमा विनोद चौधरी अगाडि
उपसभापतिको समावेशीतर्फ विनोद चौधरी एक हजार २६ मतसहित पहिलो स्थानमा छन्। उनलाई जीवन परियारले पछ्याइरहेका छन्। परियारले ९७९ मत प्राप्त गरेका छन्।
समावेशीतर्फका उम्मेदवारले प्राप्त गरेको मत :
विनोद चौधरी — १,०२६ मत
जीवन परियार — ९७९ मत
सीता गुरुङ — ६७६ मत
फरमुल्लाह मंसुर — ५६५ मत
रञ्जित कर्ण — ३११ मत
महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता
महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले दुई हजार ३९१ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी उदयशमशेर राणाले एक हजार ३३३ मत पाएका छन्।
खुलातर्फका उम्मेदवारले प्राप्त गरेको मत :
प्रदीप पौडेल — २,३९१ मत
उदयशमशेर राणा — १,३३३ मत
डा. सुनिलकुमार शर्मा — १,१७५ मत
अमरसिंह पुन मगर — ८८७ मत
गुरुराज घिमिरे — ८२३ मत
नैनसिंह महर — ५३९ मत
शंकर तिवारी — ७१ मत
डा. सन्तोष उपाध्याय — ५७ मत
महिला महामन्त्रीमा डिला संग्रौला अगाडि
महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला (पन्त) एक हजार ८१६ मतसहित अग्रस्थानमा छन्। उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले एक हजार ६३१ मत प्राप्त गरेकी छन्। तेस्रो स्थानमा रहेकी रीता खनालले ४१० मत पाएकी छन्।
महिला महामन्त्रीका उम्मेदवारले प्राप्त गरेको मत :
डा. डिला संग्रौला (पन्त) — १,८१६ मत
महालक्ष्मी उपाध्याय (डिना) — १,६३१ मत
रीता खनाल — ४१० मत
अन्तिम परिणाम आउन बाँकी
आइतबार साँझ ६ बजेसम्मको मतगणनामा भण्डारी र पौडेलले अग्रता कायम गरे पनि अन्तिम परिणाम घोषणा भइसकेको छैन। करिब तीन हजार मत गणना गर्न बाँकी रहेकाले बाँकी मतले प्रतिस्पर्धाको अन्तिम नतिजामा प्रभाव पार्न सक्नेछ।
मतगणना पूरा भएपछि मात्रै उपसभापति तथा महामन्त्री पदमा निर्वाचित हुने उम्मेदवारको अन्तिम टुंगो लाग्नेछ।

