कांग्रेस सहमहामन्त्रीमा फिरदोस आलमको सफलता, मुस्लिमतर्फ सर्वाधिक मत

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, असोज २९। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट मो. फिरदोस आलम सहमहामन्त्रीमा निर्वाचित भएका छन्।

मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै पार्टीको केन्द्रीय पदाधिकारीमा पुगेका आलमले प्रतिस्पर्धीलाई पछि पार्दै उल्लेख्य मतसहित सफलता हासिल गरेका हुन्।
सहमहामन्त्री (मुस्लिम) पदका लागि भएको निर्वाचनमा आलमले ३ हजार ३४७ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी अब्दुल सत्तारले २ हजार ७२७ मत प्राप्त गर्दा अतहर कमाल मुसलमानले ५५७ मत पाए।
फिरदोस पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा मधेश प्रदेशबाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित एक मात्र सांसद हुन्। संसदीय निर्वाचनमा सफलता हासिल गरेपछि पार्टीको पदाधिकारी तहमा समेत निर्वाचित हुनुले उनको राजनीतिक यात्रामा अर्को उपलब्धि थपिएको छ।
फिरदोसका पिता मोहम्मद आफताब आलम रौतहटबाट पटक–पटक सांसद निर्वाचित भएका नेता थिए। उनको २०८२ कात्तिक २१ गते उपचारका क्रममा काठमाडौंमा ६३ वर्षको उमेरमा निधन भएको थियो।
पार्टीको सहमहामन्त्रीमा निर्वाचित भएसँगै फिरदोसले कांग्रेसको केन्द्रीय नेतृत्वमा आफ्नो भूमिका विस्तार गर्ने अवसर पाएका छन्। उनको आगामी राजनीतिक भूमिका र पार्टी संगठनमा हुने योगदानलाई चासोका साथ हेरिएको छ।

Leave a Comment