पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना, स्वास्थ्य बुझ्न ओली पुगे

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, कात्तिक १। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।

उनको स्वास्थ्य अवस्था बुझ्न नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आइतबार ह्याम्स अस्पताल पुगेका छन्।
खनाललाई आइतबार स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको हो। उनको मुटुसँग सम्बन्धित समस्या देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको खनालको सचिवालयले जनाएको छ।
खनाल अस्पताल भर्ना भएको खबरपछि एमाले अध्यक्ष ओली उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका हुन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालको स्वास्थ्यमा देखिएको समस्या र उपचारबारे सचिवालयले थप विस्तृत जानकारी भने सार्वजनिक गरेको छैन।

Leave a Comment