भारतको मुम्बईमा डुंगा दुर्घटनामा१३ जनाको मृत्यु

बिश्व खबर
पढ्न लाग्ने समय : 1 मिनेट

४ पुस, काठमाडौं : भारतको मुम्बईस्थित गेटवे अफ इण्डियाबाट एलिफेन्टा द्वीप जाँदै गरेको डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

उक्त डुंगालाई इण्डियन नेवी (नौसेना)को एक स्पिड बोटले ठक्कर दिएर दुर्घटना भएको थियो ।

मुख्यमन्त्री देवेन्द्र फडणविसले सञ्चारकर्मीसँग कुरा गर्दै यो घटनामा १३ जनाको मृत्यु भएको पुष्टि गरेका छज् । उनका अनुसार मृतकमा नौसेनाका तीन जवान पनि छन् । उद्धारकर्ताले १०१ जनालाई बचाएका छन् ।

मृतकका परिवारलाई राज्य सरकारले ५/५लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ ।

इण्डियन नेवीका अनुसार उसको स्पिड बोट इन्जिन परीक्षणको क्रममा अनियन्त्रित भएर यात्रु सवार डुंगामा ठोक्किएको थियो ।

Leave a Comment