नेपाल प्रहरीका डीआईजीको सरुवा, मधेसमा चतुर्वेदी र कोशीमा कार्की जाँदै

बिश्व खबर
पढ्न लाग्ने समय : 1 मिनेट
Oplus_131072

२१ वैशाख, काठमाडौं : नेपाल प्रहरीका ६ प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् ।
गृह मन्त्रालयमा आइतबार बसेको गृहमन्त्रीस्तरीय बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूको सरूवा गरेको हो ।

प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका अनुसार
मधेश प्रदेशम उमा प्रसाद चतुर्वेदी,कोशी प्रदेशमा ईश्वर कार्की, बागमतीमा अरुण पौडेल, गण्डकीमा दिनेश कुमार आचार्य, लुम्बिनीमा राजेन्द्र प्रसाद भट्ट र सुदूरपश्चिममा डम्बर बहादुर विकलाई सरुवा गरिएको छ ।
मधेस प्रदेशका डीआईजी लालमणि आचार्य प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएपछि मधेस प्रदेश प्रमुख विहीन थियो ।

Leave a Comment